Saturday, July 8, 2023

 आरोपित हुदैमा अपराधी हुदैन।

·       राम बहादुर लामा

ललिता निबास प्रकरणले अहिले सबैको ध्यान खिचेको छ। अपराधमा संम्लग्न ब्यक्तिलाई आरोप प्रमाणित भए पश्चात अपराध अनुसार दण्ड जरिबाना र सजाय हुनुपर्दछ भन्ने कुरामा कसैको दुई मत हुनै सक्दैन। तर आरोपित रहदै अनुसन्धान चल्दैमा आफूलाई मन नपरेका आरोपित जति सबै अपराधी हुन, उनका ब्यबसायिक तथा ब्यक्तिगत मान, प्रतिष्ठा र कीर्तित्वलाई धुलोपीठो पारी गिराउनु पर्दछ पर्दछ भन्ने प्रकारको अतिबादी सोच सही होईन। खास गरेर भाटभटेनी सुपरमार्केटका संचालक मीन बहादुर गुरुङ र उनको सुपर मार्केट चेन स्टोर उपर लक्षित आक्रमण र दृश्य अदृश्य कोणबाट कायम गराउन खोजेको गलत बिश्लेषणबाट नेपाली समाजमा एक मूल प्रश्न खडा भएको छ। भूईतहबाट संघर्ष गर्दे आफ्नै बलबुतामा ब्यबसायिक घरानाको उचाई छुन सफल एक साधरण नेपालीको संर्घष र उनको सफलताको गाथालाई नकारात्मक नजर र पाखानै लगाउनु पर्ने पाराले ब्यबहार गर्न थालेको देख्दा नेपाली समाजमा गलत भाष्यको निर्माण गर्न खोजेको त होईन भन्ने शंका हुन्छ। खास गरेर सामाजिक संजालमा ब्यस्त नया पुस्ता, पौरख र पौरखीलाई शत्रु देख्ने शासकको तलुवा चटुवा भुईफुट्टा बर्ग, सबै राम्रा कुराहरु नराम्रै देखिन्छन भन्ने मान्यता बोक्ने परजीबी बुद्धिजीबीहरु यस मामिलाम बढीनै नकारात्मक र निन्दक देखिन्छन। कल्पना गरौ के मार्क जुगरबर्ग कुनै बलात्कार काण्डमा मुछियो भन्दैमा उनले खडा गरेको फेसबुक काम नलाग्ने रद्धीको कबाडी ठहरिन्छ? के ज्याक मा कुनै करकाण्डमा दण्डित भयो भने उनले तयार पारेको अलिबाबा निकाम्मा मान्न मिल्छ? के एलन मस्क कुनै आर्थिक घोटलामा संलग्न देखियो भने उनले चलाएको टेस्ला कम्पनी काम लगाग्ने पत्रु कागजको थुप्रो मान्न मिल्छ? प्रश्नहरु सहजै सोझिन्छ। ब्यक्ति र उनले खडा गरेका  कर्पौरेट ईन्टिटि ( ब्यबसायिक संस्था ) फरक कुराहरु हुन। ब्यक्ति एउटा जैबिक सिर्जना हुन भने ब्यबसायिक भौतिक सिर्जना हुन। यिनका आधारभूत कुराहरुनै भिन्न र फरक हुन्छन। त्यसैले त कर्पोरेट कर्पोरेशनहरु बैधानिक आचारसंहिता र सस्थागत नीति र बिधिमा संचालित र बिकसित गरिएका हुन्छन। अहिले भाटभटेनी सुपरमार्केटको संचालक पक्राउ पर्देमा भाटभटेनी सुपर मार्कटको ब्यबसायिक भबिष्य उपरनै ग्रहण लाग्यो भन्न मिल्दैन। भाटभटेनी सपरमार्केटले नेपाली अर्थतन्त्रको बिकास र बिस्तारमा पुरयाएको योगदानलाई कम आक्न मिल्दैन। एकथरी धमिलो पानीमा माछा मार्न उद्यत अबशरबादी निन्दक ब्यापारीहरु भाटभटेनी सुपर मार्केटलाई बजारबाट  बिस्थापन पार्न सके आफ्नो बर्चस्ब कायम गर्न सकिन्छ कि भन्ने ताकमा जोखना हेरेर बजार हल्लालाई झन बढी उत्तेजित तुल्याउन खोजेको पाईन्छ। मीन बहादुर गुरुङलाई मात्र होईन उनको ब्यबसायमा प्रत्यक्ष संलग्न परिबारका अन्य सदस्यहरुलाई समेत मुछेर यो काण्डलाई भाटभटेनी सुपर मार्केटको भौतिक अस्तित्वको नाम निशान मिट्ने मशानघाटको रुपमा कसरी बिकसित गर्न सकिन्छ भन्ने ध्याउन्नामा दौडेको समेत पाईन्छ। भाट भटेनी सुपर मार्कटको ब्यबसायिक सफलताको गाथा केबल मीन बहादुर गुरुङको मात्र सफलताको मान्न सकिदैन। सो चेन सुपर मार्कटमा कार्यरत हजारौ श्रमिक, तिनका आश्रित परिबार, सामान सप्लाई गर्ने भेण्डर, उत्पादक र किनमेलमा सरिक लाखौ उपभोक्ताहरुको पनि सफलता हो। राज्यलाई करौडौ कर तिर्न सक्षम बनाउन भाट भटेनीलाई बिभिन्न कोणबाट साथ र सहयोग दिने सरकारी संयन्त्र, ऋण पत्याएका बैकको पनि सफलता हो। भाट भटेनी जस्तै सुपर मार्केटको ब्यबसाय पछ्याएका यो मुलुकका हजारौ नबप्रबेशी उद्यमीहरुको पनि सफलता हो। पर परदेशबाट पनि भाट भटेनीको सफलता देखेर प्रेरित र प्रभाबित हुने लाखौ प्रबासी नेपालीले बुन्ने अनगिन्ती सपनाहरुको पनि सफलता हो। एउटा काण्डमा आरोपित रहदैमा भाटभटेनी उपर बनीबनाउ रुपमा बुन्न लागेको आरोप र सत्तो सरापले यो सफलताको अन्त्य गराउने यत्न कसैले गर्न हुदैन। भला भोली यो मुद्धाको किनार अबश्यमय लाग्नेनै छ। यसो भनिरहदा म मीन बहादुर गुरुङ शुद्ध हुन वा छन भनेर जिकिर पनि गर्दिन, वा उनी दोषी हुनै सक्दैन भनेर एकल जिरिह पनि गर्दिन। यी सबै पहलूको सत्य तथ्यको अन्तिम फैसला गर्ने न्यायमूर्तिहरुको बिबेकप्रति मेरो अटल बिश्वास छदैछ। तर पौरखी कर्मबीरहरुलाई सत्तो सराप गर्ने, धनी जति सबै भ्रष्ट र दोषीनै हुन्छन भन्ने निर्माण गर्न खोजिएको गलत भाष्य र चलनको भने म कट्टर बिरोधी भने छु, रहीरहनेछु।  एउटै सडकमा एउटै समयमा सगै हिडेका मर्सिडिज कारमा सबार बिनोद चौधरी चाहि खत्तम, स्कुटरमा बत्तेका गल्फ रिटर्नी बिनोद नेपाली चाहि असल मान्ने प्रचलनले हामीलाई सही बाटोमा पुरयाउदैन भन्न मात्र खोजेको हुँ। भला हामी त्यही दृश्य देखेर अरुलाई बताउदा नकारात्मक सन्देश जाने गरी ब्याख्या गर्छौ तर स्वंय आफूले ग्रहण गर्दा चाहि काश म पनि बिनोद चौधरी जस्तै बन्न पाए भन्ने भाबले रोमाञ्चित हुन्छौ। यस्तो डबल स्टाण्डर्ड सोच त्यात्न जरुरी देख्छु। भाट भटेनी सुपर मार्केट स्वंय संचालक नहुदा निजनका हकदारले बा निजका ब्यबसायी अंशियारले अघि बढाउलानै। संस्थागत सुशासनको स्थापित मूल्य र मान्यता अनुरुपनै। यसो पनि गर्न सकिएन भने यति सफल र लाखौ ग्राहकको भर र भरोसा जिस्त सफल सुपर मार्कट स्वंय ती  लाखौ ग्राहकहरुलेनै खरिद गरेर कम्पनी मातहात  संचालन पनि गर्लान। सवाल सो संस्थाको संचालन होईन, गलत भाष्य निर्माण गर्न उद्यत मौकाबादी र क्षणिक उत्तेजनामा रमाउने प्रबृत्तिको अन्त्यको हो, नेपाली उद्यमशिलता बिकासमा एउटा मानक खडा गरेका भाटभटेनीको कीर्तित्व र पौरखको संरक्षण र सम्मानको पनि हो।  

Email: info2rblama@gmail.com

Sunday, March 5, 2023

 जनमानसको चिन्ता र सत्ताको उल्टो यात्रा । 

आम जनताको भर र भरोसा क्रमश: क्षय हुदै गएको पाईन्छ। संस्थापन पक्ष उपर चारतिरबाट आक्रोश र असन्टुष्टीका ज्वारभाटहरु उर्लेको र कता कता उर्लाएको देखिन्छ। यो वा त्यो बहानामा यो प्रष्फुटित अभिब्यक्ति उपर नजर अन्दाज गर्ने छुट कसैलाई छैन। भला यो असन्टुष्टीलाई अनेकन रंग र भंगिमामा परिभाषित गर्ने दु:साहस गरेको पनि भेटिन्छ। गत आम निर्बाचनमा रबि लामिछाको पार्टीप्रति उर्लेको जन लहर र अहिले दुर्गा प्रसाई उपर घोप्टिएको जन समर्थनको राप र तापलाई समयमै समीक्षा गर्ने ताकत राखेन भने मुलुकमा अकल्पनीय दुर्घटना हुन सक्ने सम्भाबना भेटिन्छ। यो ब्यक्त अब्यक्त शंका र चिन्तालाई केबल शासकिय स्वार्थ वा बैचारिक दिबालियापनको रुपमा चित्रित गर्ने अति बुद्धिमत्तापूर्ण प्रयोगहरु पनि प्रायोजितरुपमा अघि सारेको देखिन्छ। सत्ता समीकरण परिबर्तनको बाध्यता, मूलधारमा रहेका दलहरुको गिर्दो बिश्वसनियता, जनजीबनको बदलिदो संकटपूर्ण निरिहताले दल, संस्थापन राज्य सत्ता र ब्यबस्था उपरनै केहि कोणबाट प्रश्न उठाउन थालेको छ। राजा ज्ञानेन्द्रको प्रत्यक्ष सडक अभियान, प्रम प्रचण्ड उपरको फौजदारी मुद्धा दर्ताको प्रकरण, देशी बिदेशी शक्ति केन्द्रहरुको उदाङगो चलखेल, आम जनताको दिबालियापनको तेज रफ्तार आदि जस्ताको दृष्टान्तले बातबरण झन झन उत्तेजक बन्दै गएको देखिन्छ।   लोकतन्त्रको बेफाईदानै यो कि यस्ले स्वंय आफ्ना अन्तध्वंसहरुको जन्म पनि गराउछ। यो अन्तध्वंसका उल्टो गतिलाई रोक्न वा त्ससबाट भाग्न भने त्यति सजिलो लाग्दैन। समन्वय र सम्परीक्षणका प्रचलित मान्यताहरुको चर्को अबमूल्यन देखिन्छ। किसान बारीमै, चिकित्सक हस्पिटलमै, ब्यबसायी ब्यबसायमै, शिक्षक बिद्यार्थी बिद्यालयमै निन्दित र कुण्ठित भएको दृष्टान्त देखिन्छ। एकसरो दलका दलाल नायकहरु अलाबदिनका जादूगारी चिराग भएझै गुत्थी हाँकेर परिस्थितिलाई झन झन उग्र र पल्बित तुल्याउने  मूर्खता गरेको देखिन्छ। सबैले फाल्गुन २५ गते हुने राष्ट्रपतिको निर्बाचनको परिणाम उपर नजर लगाएका छन। निश्चय पनि यो दिन पछि नेपालको राजनीतिले एक निर्णायक हस्तक्षेप गर्ने मौकाको खोजी भने गर्ला जस्तो देखिन्छ। 

Saturday, October 8, 2022

जनताको भाग्य र भरोसा बदल्ने बहादुरहरु।

 भोली निर्बाचन आयोगमा आ‍‍-आफ्ना पार्टीबाट उम्मेदवारी प्रस्तुत गर्ने उम्मेदवारहरुको अनुहार र भए गरेका ब्यबहारलेनै आउदो पाच बर्ष सम्म नेपाल र नेपालीले भोग्ने संकट र त्यसको समाधानको मार्ग पहिल्याउन सक्ने हुति र गतिको अन्दाज लगाउन सकिन्छ। प्रायश: सबैको समान नारा र आकर्षक प्रस्ताब देखिन्छ। तर ब्यबहारत ती सबै फगत फोस्रो गनथन  मात्र हुन भन्ने कुरा ०४८ सालदेखि जनताले आज सम्म देखी भोगी आईसकेका छन। सत्ता, शक्ति र सम्पत्ति आर्जनको लागि बैध साधनको रुपमा आबिष्कृत यहाका दलको खासियत र हैसियत क्रमश: क्षयोन्मुख हुदै जादो छ। र ती दलका नेताको बैधता र स्वीकार्यता पनि दिनप्रतिदिन जनमानसबाट स्खलित हुदो छ। यस प्रसंगमा धमिलो पानीमा माछा मार्ने दाउमा आखा लगाईरहेका उल्टो गतिमा हिडन र अरुलाई हिडाउन उद्यत केहि शक्ति र ब्यक्ति बजारमा दाउ लगाउन कस्सिएको पाईन्छ। तर यिनको प्रभाब र दबाब दलको अकर्मण्यता र नेताको नीतिहिन कदमकै कारण बढदो देखिन्छ। प्राप्त उपलब्धिको सम्मान र संरक्षण गर्दे समयानुकूल प्रस्ताब र बहाब लिन सके मात्र यी गतिरोध र जनगुनासोको चक्रो उत्पातलाई कम गर्न सकिन्छ। झिना मसिना यो वा त्यो बहानामा वा तदर्थबादी प्रयासमा अब यो संकटलाई टार्न सकिदैन। दल र दलका नेता स्वंय आफू रुपान्तरित नभई रुपान्तरण र परिबर्तनको कुरा गर्नुको कुनै अर्थ छैन। 

आलु रोपेर स्याउ खान खोज्ने हामीहरु।

 

निरन्तर संगठन र सेवामा समर्पित भएका, निष्ठा र निरन्तरताका साथ सदैब संघर्ष र संकटका कठिन घडीमा भिडेका तर परम आदरणिय नेता शेर बहादुर तर परम आदरणिय नेता शेखर कोइरालाको लिस्टमा नअटेका केहि अभागी आंकाक्षीहरुको रोदन र आक्रोश मिश्रित अभिब्यक्ति देख्दा दया उत्पन्न हुन्छ। बाह्रै महिना नेताको दैलोमा जधौ गर्न नपुग्नेहरु, नाता र सम्बन्धको फेर समातेर दलाली धन्दा गर्न नजान्नेहरु, बिटा बुझाउन र ठिटा जुराउन नसक्ने कुनै कांग्रेसीहरु कहा नेताको नजर र लिस्टको शिरानमा पर्छन र हजूर ? ( माफ गर्नुहोला केहि सीमित अपबादहरु होलान ) कांग्रेसको मौजुदा प्रतिनिधित्व प्रणाली ( क्रियाशिल सदस्यता छनौट, महाधिबेशन प्रतिनिधि र केन्द्रीय नेतृत्वको छनौट गर्ने तौर तरिका ), संरचनात्मक बनौट, सांगठनिक शैली, संस्कृति र प्रबृत्ति बिद्यमान रहुन्जेल परिबर्तन र रुपान्तरणको आस गर्नु भनेको आलु रोपेर स्याउ खान खोज्नु बराबरनै मानिन्छ। महाधिबेशनको मुखमा बुरुक बुरुक पुस्तान्तरण र रुपान्तरणको गगनभेदी नारा उरालेर उपल्लो पदमा पुगेका केहि थान केन्द्रीय ठिटाहरुले कम्तिमा यो कुरा त बुझ्नु पर्ने हो। बित्थामा आलु रोपेर स्याउ खान खोज्ने अन्धो जमातलाई के दोष दिनु र खै?

Saturday, December 21, 2019


झरी।
झरी झन झन चर्की चर्की बर्षिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झै वरिपरि
छिन छिनमा किन यो रुवाबासी कालाम्मे गगनमा झन कालो पोती
निर्थुक्क भिजेका बैश बोकी बित्थामा गर्छौ कति यताउती
झरी झन झन चर्की चर्की बर्षिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झै वरिपरि
घायल कायल रहरको रहमा उम्लाई राखेर बूँद बूँदको यो प्यास
बर्षौ एकनाससँग बाधी राखेको साईनोभरि जोगाउ कति यो सास
झरी झन झन चर्की चर्की बर्षिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झै वरिपरि
नील गगनमा मदहोस यो तनमा तिम्रो न्यानो स्पर्शको यो पदचाप
जोबनभरि जोगाई राखेको जोश भरि आउन आउन तिमी चुपचाप
झरी झन झन चर्की चर्की बर्षिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झै वरिपरि
निस्लोट सँग निदाएका मेरा अर्धमूर्छित चाह झन झन बढाई
यो कस्तो प्यास हो, यो कस्तो आस हो बिना प्यालाको नसा चढाई
झरी झन झन चर्की चर्की बर्षिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झै वरिपरि।
रोजी हिडु कता, खोजी हिडु कता यो दर्के झरी बाधा छ यता
मन्द महक, चर्को चहक पस्की किन प्यास बढाउछौ कबिता
झरी झन झन चर्की चर्की बर्षिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झै वरिपरि।


Saturday, January 6, 2018

शिन्योएन स्थापनाका प्रारम्भिक दिनका रोचक घटनाहरु
धर्मको बाटोमा सवार हुने निर्णय गर्दा क्योश्यूसामा २९ बर्षको र धर्मपत्नि शोज्यूशिनईन २३ बर्षको दुई बच्चाको आमा हुनुहुन्थ्यो।
१९३५ डिसेम्बर २८ मा अचलाको मूर्ति प्रतिस्थापन गर्नु भयो। ८२ बर्ष अघिको घटना।
१९३६ ज्यानुअरीबाट हिउदे तालिम शुरु गर्नु भयो।
·       अचला मुर्तिको  प्रतिस्थापनको घटना:
शिन्यो क्योश्यू सामा, शोज्यूशिनईन सामा सहित एउटा टिम साढे दुई घण्टाको समय लाग्ने ठाउमा कार लिएर मूर्ति लिन हिडछन। सो बेला ताचिकवामा एकदम बाक्लो हिउ बर्षा भएको थियो। सिसाभित्रबाट बाहिर हिउ बर्षाको कारणले बाटो पनि राम्ररी देख्न सकिरहेको थिएनन। जब ७ औ शताब्दीका प्रसिद्ध मूर्तिकार उनकेईले कुदेका अचला मूर्ति आफ्ना पारिबारिक मित्र सामान्य मूर्तिकार नाकामुराको घरबाट  गाडीमा हालेर ३०- ४० मीनेट के हिडेको थिए। मौसम एकदम सफा हुदै आयो। भारी हिम बर्षा हटन थाल्यो। आकाशमा मडारिरहेको कालो बादलहरु हटन थाल्यो। र पंञ्च रंग ईन्द्रेणीहरुले चल्दै गरेको गाडी अगाडि घरिने थाल्यो। मानौ त्यसले बाटो देखाईरहेको छ।  यो एकदम चमत्कारिक घटनाको रुपमा लिने गरिन्छ।
हिउदे तालिमको शुरुवातको र शिन्यो स्थापनाको ईतो दम्पत्ति बीचको रोचक घटनाहरु
·       जनुवरी ३१, १९३६ ( सपनाको प्रसङग)
जनुवरी ३१ देखि फ्रेबुअरी ८ सम्म जम्मा ९ दिनको बिष्मयकारी घटनाहरु छन। जो शिन्योएनको स्थापना ईतिहास तर्फ हामीलाई रोचक ढंगले आकृष्ट गर्दछ।
जब शिन्यो क्योश्यू कामबाट घर फर्किन्छन। सो बेला हिउदे तालिम भर्खरै शुरु भएको थियो। शोज्यूशिनईन सामा न्यानो मुस्कानका साथ आफ्ना पतिदेबलाई स्वागत गर्छिन र भन्छिन " पतिदेब मैले आज एउटा अचम्मको सपना देखे। तपाई पूजारीको कालो भेषमा मन्त्र पाठ गर्ने रातो टेबुल सन्मुख बसेर भक्तजनहरुलाई मार्गनिर्देशन गरिरहेको देखे।  र मैले भगबान बुद्ध सन्मुख बाचा गरेको रहेछु। " दुख कष्टमा जेलिएका मानिसहरुलाई मार्ग निर्देशन गर्न बुद्ध सँग एकसाथ यो मार्गमा उहा हिडन लाग्नु भएको छ। अन्तिम सम्म उहालाई जस्तो सुकै आपत बिपत आईलागे पनि साथ दिनेछु। "
हजूर तपाई अब यस सद् मार्गमा सवार हुने तपाईले लिएको संकल्पप्रति मेरो मञ्जुरी छ। जागिर छोडने तपाईको ईरादालाई म समर्थन गर्दछु। भोलिनै जागिर छोडनुहोस।  क्योश्यू सामा अचम्म पर्नु भयो। हिजो सम्म उनले जागिर छोडने कुराको चर्को बिरोध गर्नु भएको थियो। एउटी गृहणीको लागि यो बिरोध स्वभाबिक पनि थियो। जम्मा जागिर खाएको ७ बर्ष भएको थियो र काखमा दुई नाबालक सन्तानहरुको पालन पोषणको अभिभारा थियो। जागिर बाहेक आम्दानीको अरु श्रोत थिएन। कसरी मैले जागिर छोडु। " एउटा जागिरदार पुरुषको लागि बाल बच्चा र परिबार छोडनु भन्दा जागिर छोडनु कठिन हुन्छ। भनेर क्योश्यूले जागिर तत्कालै छोडने कुराको प्रतिबाद गर्नु भयो।
·       फ्रेबुअरी १, १९३६ ( ज्वरोले थलिएको छोरी जागिर छोडेर धर्मको मार्गमा सवार हुन्छु भनेर संकल्प गर्दा ज्वरो निको भएको घटना)
काम गरिरहेको कम्पनीमा शोज्यूशिनईनको फोन आउछन। छिटो घर आउनु होला। छोरी ज्वरोले थलिएर सारो भएको छ। हतारिदै घर जान्छिन। र शोज्यूशिनलाई सोध्छिन के भयो। शोज्यूशिननले भन्छिन। " खाना दिदा पनि खाईनन। निधार छाम्दा एकदम तातो थियो। अनुहारै ज्वरोले आगो जस्तो रातो थियो।  आखा रातो गोलभेडा जस्तो। त्यही बेला शोज्यूशिनईनले भन्छिन। " ल भन्नुस एउटा पिताको लागि बच्चा छोडनु गारो हुन्छ कि जागिर छोडन? क्योश्यूसामाले निधार छाम्छिन छोरीको एकदम ज्वरोले तातो छ। निस्लोट छे। ओछ्यानमा बिस्तारै बसाउछिन। छोरीको आखाबाट बलिन्द्र अश्रुधार गालाभरि बग्छन। पिता र माता दुबै चिन्तित देखिन्छन। दुबै जना अचलाको मूर्ति सन्मुख ह्रदय सूत्र मन्त्र गर्छन। यसमा अचलाको शक्तिहरु शोज्यूशिनईन सामा मार्फत अभिब्यक्त भएको लाग्दछन।
मन्त्र पाठ पछि शोज्यूशिन आध्यात्मिक मूद्रामा रुपान्तरित भएकी  शोज्यूशिनईनले क्योश्यू सामालाई आग्रह गर्छिन। जागिर छोडनुहोस। मन्दिर बनाउने रकमको जोहो भएपछि तीन महिना पछि छोडुला। उनी मान्दिनन। फेरि उत्तर आउछन। अरु दुई महिना पर्खिनुहोस। उनी पुन मान्दिनन। त्यसो भए यो महिनाको अन्तिम सम्म पर्खिनुहोस। त्यसमा पनि उनी मान्दिनन।
त्यसो भए मैले के तुरुन्त राजिनाम दिउ त? मेरो यो भनाई सुन्ने बित्तिकै टाउको माथि कमल मूद्रामा उठेको उनको हात तल झर्छन। जब क्योश्यूले समर्थनमा टाउको हल्लाउछन। र क्योश्यू शोज्यूशिनईन पट्टि नजर लगाउदै मनमनै सोच्छन। हे बुद्ध तपाई मप्रति कति निर्दयी हुनु भएको? यो निर्णय कसरी पालना गर्ने। उनको ईरादालाई भगबान बुद्धको सदिच्छाको एउटा संकेत मान्नु बाहेक म सँग अर्को कुनै छनौट छैन। गहिराईमा गएर मैले यस सन्देशलाई बुझ्न थाले। शोज्यूशिनईनले अचलाको दया र मुक्तिको मन्त्र पाठ गर्न थालिन। र उनी समक्ष क्षमायाचना गर्न थाले। र यस सन्देशलाई स्वीकार गरी जागिर छोडने अन्तरदिलबाट महशूस गरे। अचम्म थला परेर ओक्ष्यानमा सुताईकी छोरी चलबलाउन थाली। छाम्दा ज्वरो पूर्ण निको भैसकेको थियो। उनलाई ओक्ष्यानबाट डाइनिङ टेबुलमा ल्याएर राख्दा हास्न थालिन। यस घटनाबाट क्योश्यू अचम्मित भईन।
·       फ्रेबुअरी २, १९३६ ( राजिनामा दिन जादा हाकिमले अस्वीकार गरेको प्रसङग)
श्रीमति समेतको सहमतिमा क्योश्यू जागिर छोडन राजिनामा पत्र लिएर जान्छन। र सबै कुरा सुने पछि क्योश्यूलाई अति माया गर्ने हाकिमले भन्छन। " किन राजिनामा दिनु परयो? स्वास्नीले भन्दा हुन्छ? ती साना छोरा छोरीलाई कसरी पाल्छौ?  बरु बिदा मिलाईदिन्छु। आफ्नो राम्रो बन्दोबस्त भएपछि मात्र राजिनामा दिनु।  हाकिमको मनकारी कुरा सुनेर क्योश्यू राजिनामा नदिई घर फर्किन्छन।
·       फ्रेबुअरी ३, १९३६ ( पहिलो हिउदे तालिमको अन्तिम दिन ) देखी फ्रेबुअरी ४ सम्म शोज्यूशिनईन रेनेसा बनेको दिन सम्म।
शिन्यो क्योश्यूसामा आफ्नो परम्परागत ज्योतिषशास्त्रको ज्ञानले आफ्ना सहकर्मी र साथीभाईहरु सँग लोकप्रिय थिए। यस्तो समूह करिब १०० जनाको थियो भने पहिलो हिउदे तालिमको अन्तिम दिन ३० जना जति भक्तजनहरु अचला मूर्ति सन्मुख जम्मा भएका थिए।  शोज्यूशिनईन सामा पनि आफ्नो आध्यात्मिक उन्नतिको लागि आफैले कोशिस गरिरहेकी थिईन। होमाको अग्नि मण्डपमा आगोको दन्किरहेको ज्वालाले प्रार्थनाहरु शुद्धिकृत गरिरहेका थिए।  शोज्यूशिन पहिलो पंक्तिमा बसेर गहिरो ध्यानमा आसन जमाएकी थिईन। भक्तजनहरु फर्किए पछि पनि शोज्यूशिन अचला सन्नुख राति सम्म ध्यानको कमल मूद्रामा बसिन। र हात टाउको भन्दा माथि उचालिन। काकी तामाई पनि ध्यानमग्न शोज्यूशिनको पछाडि आएर बस्छिन। मधुर बोलीमा एउटा आध्यात्मिक आकाशबाणी बोल्छिन। " स्वहित भन्दा परहितको खोजी गर। सद् मार्गमा दीक्षित होउ र अरु मानिस र यस संसारको भलाईको लागि जीबनको अन्तिम सम्म यस मार्गलाई जारी राख।"
पछि शोज्यूशिनईनले यस बारेमा शिन्यो क्योश्यू सामालाई भनेकी थिईन। " काकी तामाईका शब्दहरु मेरो आत्मामा सिधै प्रबेश गरिन र ह्रदयमा एउटा संकल्प निर्मित भयो। अरु मानिसहरुको भलाईको लागि आफ्नो ब्यक्तिगत ईच्छाहरुलाई अलग राख्दछु। जब म ध्यान आसनबाट बाहिर आएर हेर्दा काकी तामाई टाउको भन्दा माथि हात ठडाएर ध्यान मूद्रामानै रहेकी रहेछन।
काकी तामाईले पछि शोज्यूशिनलाई भनिन " तिमीले आफ्नी हजूरआमाबाट बंशानुगतरुपमा आध्यात्मिक संकाय प्राप्त गरयौ। " शिन्योएनको लागि यो एउटा महत्वपूर्ण पाईलाको रुपमा रहेको छ। यो जमिनबाट कुनै बीउ अंकुरित हुनु जस्तै थियो। यो फ्रेबुअरी ४ बिहान १ बजेको घटना थियो। यसरी शोज्यूशिनईन सामा आध्यात्मिक उन्ननत तह रेनोसा हुनु भएको थियो।
·       फेब्रुअरी ८, १९३६ ( जागिर पूर्ण परित्याग गरि शिन्योएन स्थापना गरेको दिन)
सदाको झै बिहानको प्रार्थनाहरु सकेर क्योश्यूसामा भक्तजनहरुलाई सरल्लाहका साथ ब्योजाईसो नामक ज्योतिषशास्त्रको आधारमा ब्यक्तिगत परामर्श पनि दिईरहनु भएको थियो। दम्पत्ति दुबैजना ध्यानमा बस्नु भन्दा पहिला चीसो पानीले स्नान गरी अचला सन्मुख बसी मन्त्रहरु पाठ गर्न थाले। अरु बेलामा भन्दा फरक चाल-ढाल शोज्यूशिनईन सामामा देखा परिन। आध्यात्मिक संसारमा एक प्रकारको आकाशबाणी शैलीमा जोडिएका थिईन। भक्तजनहरुलाई कुनै आध्यात्मिक मार्गनिर्देशन समेत शोज्यूशिनईनले दिएनन। क्योश्यूले के भयो भनेर सोध्नु भयो। उनको ओठहरु थरथराईन। हल्का कापे। तर एक शब्द पनि उच्चारण भएनन। चुपचाप बसेकी शोज्यूशिनसामाको अगाडि क्योश्यूसामा बसेर ध्यान बसिन। यहाबाट नै असंरचित सेस्सिनको शुरुवात भएको हो। बिस्तारै उनको स्वर सुनिन थाल्यो। " तपाईले मलाई जागिर छोडनु भएको भनेको होईन? तर तपाईले केबल अस्थायी बिदा मात्र लिनु भएको रहेछ। होईन त? यस कारण बुद्धले मलाई यस्तै बिदाको अबस्थामा राख्नु भएको रहेछ। यो कुरा सुनेर मेरो शिर चीसो पानीको फोहोरामा परेको जस्तो भयो। कठाङग्रियो। यस घटनामा अचलाको चमत्कारिक शक्तिहरु संग्रहित भएको अनुभब गरे। प्रायश्चित गर्दै अफिस तिर क्योश्यूसामा पुग्नु भयो। र पूर्ण राजिनामा दिएर घर फर्कनु भयो। शोज्यूशिनईन शामा ढोकामै उभिएर मुस्कान सहित श्रीमानलाई स्वागत गरिन। " यस कुराले हामी सबैलाई ठूलो खुशी दिएको छ। ताचिकवाको उडड्यन कम्पनीबाट बिधिबत राजिनामा दिएर क्योश्यूले धर्मको बाटोमा आफूलाई पूर्णरुपमा समर्पित गर्नु भयो।
यी ९ दिनका घटनाहरुलाई अबलोकन गर्दा भगबान बुद्धले सांसारिक लगाब परित्याग गर्न सबै सम्भब साधनहरु प्रयोग गर्नु भएको पाईन्छ।


Wednesday, June 21, 2017

मुग्लिङ हाईवे हस्पिटल
अबधाराणा पत्र।
अबस्था र आबश्यकता:
नेपाल अधिराज्यकै सर्बाधिक सडक दुर्घटनाको कारण जनधनको  क्षति हुने प्रमुख राजमार्ग नारायणगढ-मुग्लिङ र मुग्लिङ-फिस्लिङ सडक खण्डको केन्द्रबिन्दुमा पर्ने मुग्लिङ बजारमा आकस्मिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने प्रयास स्वरुप सामुदायिक स्तरमा मुग्लिङ राजमार्ग अस्पताल संचालन गरिने छ। मुग्लिङ बजार भई आवत जावत गर्ने सडक यात्री र स्थानिय सेवाग्राहीलाई लक्षित गरी बिशेषज्ञ सेवा सहितको स्वास्थ्य उपचार सेवा प्रदान गर्ने लक्ष्यका साथ अघि बढाएको यो परियोजना सहकारी लगानी मोडेलमा संचालन गरिनेछ। सामान्य स्वास्थ्य केन्द्र समेत नभएको सो क्षेत्रका स्थानिय बासिन्दाहरु सामान्य स्वास्थ्य उपचार सुबिधाको लागि समेत ३६ किलोमीटर टाढा भरतपुर वा ११० किलोमीटर टाढा काठमाण्डौ पुग्नु पर्ने दुखद बाध्यतामा रहनु परेको छ। दैनिक जसो सरदर ४, ५ वटा सडक दुर्घटनाका कारण घाईते हुने सडक यात्रीहरुले आकस्मिकरुपमा पाउनु पर्ने उपचारसेवाको अभाबको कारण अकालमा मूत्यु बरण गर्नु परेको कहालीलाग्दो दुखद स्थिति आज पर्यन्त ज्यूका त्यू हुनु सर्बाधिक पीडाको रुपमा रहेको छ। नौबिसे देखि मुग्लिङ र मुग्लिङ देखि नारायणगढ सम्मको नेपालकै सर्बाधिक सवारी साधनहरु गुडने प्रमुख राजमार्गको १२६ किलोमीटर दूरी रहेको राजमार्ग क्षेत्रमा एउटा पनि सुबिधा सम्पन्न अस्पताल नहुनुले लाखौ स्थानिय सेवाग्राही र दैनिक जसो सो राजमार्ग भई आवत जावत गर्ने हजारौ सडक यात्रीहरुले भोगिरहनु परेको असुबिधालाई ध्यानमा राखी अत्याधुनिक सेवा सुबिधाले सुसज्जित बिशेषज्ञ सेवा सहितको आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने गरी राजमार्ग अस्पतालको रुपमा मुग्लिङ राजमार्ग अस्पताल संचालन गरिनेछ। उपचारसेवाबाट बंञ्चित जनताहरुको स्वास्थ्य सेवा प्राप्तिको नैसर्गिक हक अधिकारको रक्षाको लागि सुपथ शुल्कमा सेवा प्रदान गर्ने लक्ष्यका साथ यसले आफ्ना गतिबिधिहरु केन्द्रित गर्नेछन।
बिषय र बिशेषता:
 नेपाल अधिराज्यकै सर्बाधिक ब्यस्त सडक मार्गको रुपमा परिचित पृथ्बीराजमार्ग र नारायणगढ-मुग्लिङ राजमार्गमा सडक दुर्घटनाका कारण हुने घाईते हुने  यात्रीहरुलाई  आकस्मिक स्वास्थ्य सुबिधा प्रदान गर्ने मूल उद्देश्यबाट प्रेरित रहेर बिशेषज्ञ सेवा सुबिधा सहितको अत्याधुनिक हस्पिटलको रुपमा संचालन गरिनेछ। सडक दुर्घटनाका कारण घाईते हुने यात्रीहरुको स्वास्थ्य उपचारका साथ चितवन जिल्लाको दारेचोक, काउले, चण्डिभन्ज्याङ, कबिलास, दाहखानी गाबिस, धादिङ जिल्लाको जोगिमारा, बेनीघाट गाबिस, गोर्खा जिल्लाको मनकामना, मकैसिङ, ताङलिङचोक, भूम्लिचोक, घ्याल्चोक गाबिस, तँन्हू जिल्लाको आबुखैरेनी नगरपालिका र देबघाट गाबिसका जनताहरुलाई प्रत्यक्ष स्वास्थ्य सुबिधा प्राप्त हुनेछ। यस हस्पिटलको बिशेषता यस प्रकार रहनेछन।
·         बिषय लक्षित नेपालको पहिलो हाईवे हस्पिटल।
·         बिरामी मैत्री हस्पिटल।
·         रोड ट्राफिक भिक्टिम्सको बिषयमा स्थलगत अध्यन अनुसन्धान सुबिधा सहितको स्वास्थ्य संस्था।
·         राष्ट्रिय तथा अन्तराष्टिय हस्पिटलसँग पार्टनरशिपमा ईन्टरशिप र अन द जब ट्रेनिङ सेन्टर सहितको कनेक्टिङ हस्पिटल।
·         सामुदायिक स्वास्थ्य सेवा बिषयमा अनुसन्धान केन्द्र।
·         सरकारी तथा निजी अस्पतालको चिकित्सक एबं स्वास्थ्यकर्मीहरुको लागि आबाशिय सुबिधा सहितको घुम्ती तालिमको ब्यबस्था।
·         जनसहभागितामा आधारित संचालन प्रणाली।
·         सदस्यता केन्द्रित संचालन संरचना।
सेवा र सुबिधा:
सडक दुर्घटनाका कारण हुने घाईतेहरुलाई आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने मूल लक्ष्यका साथ सामुदायिक उपचार सेवाका अन्य नियमित सुबिधाहरु संगै प्रवाह गरिनेछ। सो सेवा प्रवाहका निम्ति आबश्यक उपचारात्मक सेवा तथा सुबिधाहरुलाई क्रंमश: उन्नत तुल्याउदै बिशिष्टताले लैश अध्याधुनिक स्वास्थ्य संस्थाको रुपमा बिकसित गरिनेछ।
कार्ययोजना र कार्यदिशा:
बिशेषज्ञ सेवा सहितको अत्याधुनिक उपचार सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको रुपमा संचालन गरिने मुग्लिङ हाईवे हस्पिटलको भबिष्यको कार्य योजना निम्मानुसार प्रस्ताबित गरिएको छ।
·         नेपालको कुनै टिचिङ हस्पिटलको कनेक्टिङ हस्पिटलको रुपमा सेवा प्रारम्भ गर्ने।
·         क्रंमश: सेवा तथा सुबिधा बिस्तार गर्दे ५० शैय्याको अस्पतालको रुपमा बिकास गर्ने।
·         Nursing College को अध्यापन सुबिधा सहितको स्वास्थ्य संस्थाको रुपमा संचालन गर्ने।
·         गोर्खा, तँन्हू, चितवन, लमजुङ, धादिङ जिल्लाका सरकारी डाक्टर तथा स्वास्थ्यक्रमीहरुको लागि On the job training  र Internship  center को रुपमा बिकसित गरिनेछ।
·         सामुदायिक स्वास्थ्य क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट सघन अनुसन्धान गर्ने श्रोत केन्द्रको रुपमा बिकास गरिनेछ।
·         हाईवे ट्राफिक भिक्टिमस् रियाबिलेसन सेन्टरको स्थापना गर्ने।

पहिलो चरण: सामान्य चिकिस्ता सेवाले सुसज्जित १५ शैय्याको अस्पिटलको रुपमा सेवा प्रारम्भ गरिनेछ।
दोश्रो चरण: नेपालको ख्यातिप्राप्त टिचिङ हस्पिटलको कनेक्टिङ हस्पिटलको रुपमा बिशेषज्ञ सेवा सहितको ट्रमा सेन्टर ( दुर्घटना पीडितको लागि आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने हस्पिटल ) को रुपमा बिकास गरिनेछ।
तेश्रो चरण: स्टाफ नर्स तथा स्वास्थ्य सहायक स्तरको स्वास्थय जनशक्ति उत्पादन गर्ने हस्पिटलको रुपमा बिकसित गरिदै टिचिङ हस्पिटलको रुपमा बिस्तार गरिनेछ।
सहभागिता र सदस्यता:
स्वास्थ्य सेवा प्रवाह गर्ने सहकारी संस्था मातहात संचालन गरिने यस हस्पिटलमा सहकारीको बिधानलाई स्वीकार गर्ने नेपाली नागरिकलाई शेयर सदस्यताको निम्ति अबशर प्रदान गरिनेछ। १००० प्रति कित्ता भएको कम्तिमा १०० कित्ता शेयर लिने ब्यक्तिलाई संथापक सेयर सदस्यता प्रदान गरिनेछ।
सेयर सदस्यलाई सहुलियत र सुबिधा:
सेयर सदस्यलाई प्रदान गरिने सहुलियत र सुबिधा निम्नानुसार रहनेछ।
·         मुग्लिङ हाईवे हस्पिटलले प्रदान गर्ने सेवा तथा सुबिधामा सेयर सदस्य, निजको पति वा पत्नि र दुई छोरा छोरीलाई २० प्रतिशत  छुट।
·         बर्षको एक पटक गरिने होल वडी चेकअपमा ३० प्रतिशत छुट।
·         मुग्लिङ हाईवे हस्पिटलसँग संझौता भएको काठमाण्डौ, भरतपुर र पोखरामा अबस्थित हस्पिटल र मेडिकल कलेजहरुमा सेयर सदस्यलाई बिशेष छुट र बिरामी जाचको ब्यबस्था भएको प्रिभिलेज कार्डको ब्यबस्था।
·         सेयर सदस्यलाई २ लाख सम्मको दुर्घटना बीमा र १ लाख सम्मको बीमाको ब्यबस्था।
·         सेयर सदस्यलाई गम्भिर प्रकृतिको रोग लागी उपचार गर्नु परेमा रु २०,००० वा सेयर मूल्यको १५ प्रतिशत सम्म सहयोगको ब्यबस्था।
·         कलेजद्धारा संचालित गरिने स्टाफ नर्स कलेजमा भर्ना र मासिक शुल्कमा १० प्रतिशत छुटको ब्यबस्था।
·         काठमाण्डौ र भरतपुर स्थित हस्पिटलहरुमा स्वास्थ्य जाच तथा हस्पिटल भर्नाको लागि सहयोग पुरयाउन  " सर्भिस सेन्टर " को ब्यबस्था।
·         सेयर सदस्यका उत्कृष्ट बिध्यार्थीहरुलाई काठमाण्डौ र भरतपुरस्थित प्रतिष्ठित कलेजहरुमा छात्रबृत्तिको बिशेष प्रबन्ध।
थप सूचना र श्रोतको लागि कृपया सम्पर्क गर्नुहोस।
सम्पर्क।
आर बी लामा
अध्यक्ष।
मुग्लिङ हाईवे हस्पिटल
Tell: +977-056-540045
Viber: 9817237237
www. muglinghighwayhospital.org
Follow us: facebook/muglinghighwayhospital